२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने उल्लेख गरेका छन् । बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
शुभकामना सन्देशमा उनले लेखेका छन्– ुबुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो । जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ।
उनी थप लेख्छन्, हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij