Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

आज बालाजुसहित यी ठाउँमा चल्दैछ डोजर

आज बालाजुसहित यी ठाउँमा चल्दैछ डोजर


  • 351
    Shares

    आज बालाजुसहित यी ठाउँमा चल्दैछ डोजर

    काठमाडौं । आजदेखि काठमाडौंका अतिक्रमित तथा नदी किनारका बस्ती खाली गराउन डोजर चलाइँदैछ । सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत आजदेखि दोस्रो चरणको काम थाल्न लागिएको हो ।

    पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दालाई हिजो बिहानैदेखि सामान सार्ने चटारो थियो ।

    आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।
     
    (तस्बिर : बालाजुको खोला किनारको बस्ती)

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - ०७:१९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij