२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
बिहीबार रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय डा।नहकुल सुवेदी र सुनिलकुमार पोखरेल संलग्न संयुक्त इजलास तोकिएको थियो ।
संयुक्त इजलासमा संलग्न न्यायाधीशहरू अर्को वृहद पूर्ण इजलास र पूर्ण इजलासमा पनि सुनुवाइका लागि संलग्न हुनुपरेका कारण ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न गर्दै अधिवक्ता माधव बस्नेत लगायत ३ जनाले रिट दायर गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij