Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ओलीको अनुपस्थितिमै सकियो नेकपा स्थायी कमिटी बैठक, २८ गते फेरी अर्को बैठक बस्ने

ओलीको अनुपस्थितिमै सकियो नेकपा स्थायी कमिटी बैठक, २८ गते फेरी अर्को बैठक बस्ने


  • 7.7K
    Shares

    ओलीको अनुपस्थितिमै  सकियो नेकपा स्थायी कमिटी बैठक, २८ गते फेरी अर्को बैठक बस्ने

    काठमाडौँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको मुख्यालय धुम्बाराहीमा चलेको स्थायी कमिटी बैठक करिब २ घण्टामा सकिएको छ । बैठकमा अधिकांश समय अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

    अध्यक्ष ओली तथा अन्य विभिन्न कारणले उपस्थित हुन नसकेका केही सदस्यहरुबाहेक अन्य सदस्यहरुको बैठकमा उपस्थिति थियो।

    आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली भने सहभागी थिएनन् ।  शनिबार पनि नेकपाको  सचिवालय बैठक बसेको थियो । उक्त बैठकपछि पार्टी अध्यक्षद्वय ओली र दाहालको प्रस्तावमाथि आज छलफल गर्ने बताइएको थियो ।

    अध्यक्ष ओली भने बैठक सुरु हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - १५:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij