Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

महान्यायाधिवक्ताविरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुँदै

महान्यायाधिवक्ताविरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुँदै


  • 624
    Shares

    महान्यायाधिवक्ताविरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको तीन वटा रिटको बिहीबार सुनुवाइका लागि पेसी तोकिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिवराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

    यसअघि अधिवक्ता माधवकुमार बस्नेतले  पेस भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले कँडेललाई २०८२ चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । रिटमा कडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाइएको छ ।

    मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल डा. कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै काम नगर्नुरनगराउनु भनी अन्तरिम आदेश समेत माग गरिएको छ ।  

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - ११:१०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij