२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । भक्तपुरको च्यामासिंह नाला-बनेपा सडक आज बुधबार बेलुका ८ बजेदेखि भोलि बिहीबार बिहान ८ बजेसम्म बन्द हुने भएको छ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै उक्त सडक खण्ड बिहीबार बिहानसम्म बन्द हुने जनाएको हो ।
उक्त सडक खण्डको नन्दिमाता खोलामा कल्भर्ट निर्माण भइरहेकाले उक्त सडकमा यातायात पूर्ण रूपमा बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij