२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाडौं उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अपरान्ह ४ बजेदेखि हावाहुरी सहितको वर्षा हुने विवरण सार्वजनिक गरेको थियो ।
विभागले पूर्वानुमान गरे अनुसार नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले मंगलबार मात्रै सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij