Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

‘झिँगेदाउ २’ असोज २ मा प्रदर्शनमा आउने

‘झिँगेदाउ २’ असोज २ मा प्रदर्शनमा आउने


  • 337
    Shares

    ‘झिँगेदाउ २’ असोज २ मा प्रदर्शनमा आउने

    काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मका ४ मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै फिल्म असोज २ गते संविधान दिवसको अवसरमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएको हो ।

    दशैंको फूलपातीमा प्रदर्शनमा आउने भनिएपनि फिल्म चलाउन निर्माताबिच होडबाजी देखिएपछि सुरक्षित मितिको रूपमा असोज २ रोजिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । मंगलबार सार्वजनिक पोस्टरमा अभिनेत्रीद्धय केकी अधिकारी, आँचल शर्मा र अभिनेताद्धय महेश त्रिपाठी र कुशल बिष्ट देखिएका छन् ।

    कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहेको छ ।   

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १५:५०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij