Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

तनहुँबाट हराएको गाडी कुलेश्वरमा भेटियो, पक्राउ परे एक युवक

तनहुँबाट हराएको गाडी कुलेश्वरमा भेटियो, पक्राउ परे एक युवक


  • 386
    Shares

    तनहुँबाट हराएको गाडी कुलेश्वरमा भेटियो, पक्राउ परे एक युवक

    काठमाडौं । तनहुँबाट हराएको गाडी काठमाडौंको कुलेश्वरमा भेटिएको छ। गाडीसहित एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय बिपिन मगर रहेका छन् । 

    मंगलबार राति करिब पौने १२ बजे बन्दिपुर गाउँपालिका-४ सानो डुम्रेस्थित मुस्ताङ प्लाजा होटल अगाडि पार्किङ गरेर राखिएको अवस्थामा ग।२ च ७७९३ नम्बरको गाडी हराएको थियो। 

    उक्त गाडी आज बिहान कुलेश्वरस्थित सकिल अटो वर्कसपमा पार्किङ गरिराखेको अवस्थामा प्रहरी बृत कालिमाटीबाट खटिएको टोलीले फेला पारेको छ। उक्त गाडी गोरखाको पालुङटार नगरपालिका-७ मा रहेको पालुङ पोल्टि फिसर फार्मको नाममा दर्ता रहेको पाइएको छ। 

    गाडीसहित पक्राउ परेका मगरलाई चोरिएको सवारीसहित प्रहरीले तनहुँ लैजाने तयारी अघि बढाएको छ। 

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १३:१६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij