Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

खैरो हेरोइनसहित दुईजना पक्राउ

खैरो हेरोइनसहित दुईजना पक्राउ


  • 302
    Shares

    खैरो हेरोइनसहित दुईजना पक्राउ

    काठमाडौं । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका-९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१७ घर भएका २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला रहेका छन् ।

    वैशाख १४ मा पक्राउ परेका आरोपीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी दुर्गाराज रेग्मीले बताएका छन् । 

    आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।  

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १२:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij