Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण, ज्यान जोगाउन नर्सले छतबाट हामफाले

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण, ज्यान जोगाउन नर्सले छतबाट हामफाले


  • 6.2K
    Shares

    भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण, ज्यान जोगाउन नर्सले छतबाट हामफाले

    बाँके । भेन्टिलेटरमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि उनका आफन्तहरुले बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण गरेको छन् ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाका अनुसार विहीबार राति दाङका ५४ वर्षीय संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उनका अनुसार ४ जना स्वास्थ्यकर्मीले भने झ्यालबाट हामफालेर ज्यान बचाएका थिए ।

    आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटिलखेटी आक्रमण गरेको थापाको भनाइ छ । अस्पतालमै रहेका एक स्वास्थ्यकर्मीका अनुसार आक्रमणकारीहरुले नर्स, डाक्टर लगायतलाई लखेटीलखेटी आक्रमण गरेपछि ४ जना नर्सले अस्पतालको दुई तलामाथिबाट हाम फालेर ज्यान जोगाएको बताए। उनीहरुलाई सामान्य चोट लागेको छ।

    उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा. थापाको भनाइ छ । थापाले भने, ‘‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् । सबैको अवस्था क्रिटिकल छ,’ उनले भने, ‘चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन् । रातिको १२ बज्दा समेत चिकित्सकहरु बिरामीको उपचारमा जान सक्ने सहज वातावरण छैन ।”

    चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - ०८:२१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij