Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक, श्रीमतीको नाममा ३ तोला सुन

महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक, श्रीमतीको नाममा ३ तोला सुन


  • 575
    Shares

    महावीर पुनको सम्पत्ति विवरण सार्वजनिक, श्रीमतीको नाममा ३ तोला सुन

    काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

    पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले जनाएका छन् । 

    उनले नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको उल्लेख छ । 

    m5.jpg

    m4.jpg

    m3.jpg 

    m2.jpg  

    m1.jpg
     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - ११:५९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij