Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

स्थानीय तहका उम्मेदवार छनोटका लागि रास्वपाले माग्यो सुझाव

स्थानीय तहका उम्मेदवार छनोटका लागि रास्वपाले माग्यो सुझाव


  • 176
    Shares

    स्थानीय तहका उम्मेदवार छनोटका लागि रास्वपाले माग्यो सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउन गृहकार्य सुरु गरेको छ । पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूबाट उम्मेदवार छनोटको रूपरेखा निर्माणका लागि आधिकारिक रूपमा सुझाव माग गरेको हो ।

    रास्वपाको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो । सोही समितिको वैशाख १४ गते बसेको बैठकले देशभरका निर्वाचन क्षेत्र समितिहरूबाट सुझाव सङ्कलन गर्ने निर्णय गरेको सचिव आरके ढुङ्गानाद्वारा जारी पत्रमा उल्लेख छ ।

    पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूलाई आफ्नो समितिमा गहन छलफल गरी व्यवहारिक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य सुझावहरू तयार पार्न निर्देशन दिएको छ । 

    संघीय निर्वाचनको अनुभव र सिकाइका आधारमा आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई अझ बढी वैज्ञानिक, विश्वसनीय र जनमुखी बनाउने रास्वपाको लक्ष्य रहेको छ ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - ११:०९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij