Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी


  • 211
    Shares

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी

    काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ ।

    हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको पहल थालेको हो ।

    परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार त्यसका लागि निश्चित संख्यामा विज्ञापन खुलाइने छ र प्रतिस्पर्धाबाट छानिएकालाई योग्य व्यक्तिलाई राजदूत नियुक्त गरिने छ ।

    सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित सहसचिवहरुको एक बैठकमा पनि मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेबारे सोचेको बताएका थिए । तर मन्त्री खनालले कहिले विज्ञापन खुल्छ भनेर ठ्याक्कै मिति भने जानकारी गराएनन् ।

    हाल नेपालका कुल ४४ वटा विदेशस्थित नियोग छन्, जसमा ३४ दूतावास र १० वाणिज्य दूतावास कार्यालय छन् ।

    हाल भारत, चीन, अमेरिका, बेलायतसहित १७ राजदूत पद रिक्त छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त राजदूतहरुलाई जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार र २१ फागुनको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेका छन् ।

    आगामी जुलाई अन्त्यसम्म थप ६ राजदूत पद रिक्त हुनेछन् । ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिन लागेको हो । त्यसपछि वर्तमान सरकारले एकैपटक २४ जना राजदूत नियुक्त गर्ने अवसर पाउनेछ ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - ०९:२९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij