Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

गएरातिको वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध

गएरातिको वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध


  • 204
    Shares

    गएरातिको वर्षाका कारण  वीपी राजमार्ग  पुनः अवरुद्ध

    काठमाडौं । हिजो राति परेको  वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय  बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि  यातायात ठप्प भएको हो । 

    अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिए । उनले भने, अहिले दुई ठाउँमा सडक बन्द छ, हामी खुलाउने प्रयासमा छौँ । ढिलोमा बिहान १० बजेसम्म सडक खुल्नेछ ।

    वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् । सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको उनले बताए ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - ०८:१४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij