२०८३ बैशाख १५ गते मंगलवार
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्।
मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो। उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।
बिमा सम्बन्धी छानबिन प्रतिबेदनका आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ। नेपाल बिमा प्राधिकरणले छानबिन प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरोलाई पठाएको थियो।
छानबिन प्रतिवेदनमा नेपा माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठको पनि संलग्नता देखिएकोले अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij