Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

पालिकाबाटै वितरण गर्न थाले स्थायी लेखा नम्बर

पालिकाबाटै वितरण गर्न थाले स्थायी लेखा नम्बर


  • 365
    Shares

    पालिकाबाटै वितरण गर्न थाले स्थायी लेखा नम्बर

    गलकोट । आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्न थालेको छ ।  उक्त कार्यालयको समन्वयमा यहाँको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालेको हो । 

    गलकोट नगरपालिकाका सूचना अधिकारी राजु शाहनीले आन्तरिक राजस्व कार्यालयबाट दिँदै आएको प्यान कार्ड अब नगरपालिकाबाटै वितरण गर्न थालिएको जानकारी दिए । 

    उनका अनुसार व्यक्तिगत प्यान कार्डका लागि अनलाइनमार्फत फाराम भरी ‘सबमिसन नम्बर’का आधारमा प्यान लिन सक्नेछन् । यसैगरी, व्यावसायिक कार्डका लागि व्यवसाय दर्ता प्रमाणपत्र, सञ्चालकको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी पुर्जा, भाडा सम्झौता तथा सम्बन्धित वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ ।

    आन्तरिक राजस्व कार्यालय प्रमुख कपिल सिलवालले पालिकाबाटै प्यान कार्ड जारी गर्ने व्यवस्था मिलाउन सुरु भएको, हाल गलकोट र  बेनी नगरपालिकाबाट सेवा सुरु भइसकेको बताए। हाल कर चुक्तालगायत विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराइँदै र अब प्यान कार्डसम्बन्धी सेवा पनि जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

    स्थानीयस्तरबाटै कार्ड पाउन थालेपछि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । गलकोटबाटै उक्त कार्ड प्राप्त गरेकी ताराखोला गाउँपालिका–४ की माया घर्तीले यस सेवाले जिल्ला सदरमुकाम पुग्दा लाग्ने समय र खर्च दुवै बचत भएको बताए।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १७:३९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij