Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

हिमालय माविका प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

हिमालय माविका प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा


  • 372
    Shares

    हिमालय माविका प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

    काठमाडौँ। झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

    विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले भवन निर्माण तथा विद्यालयको आर्थिक कारोबारमा अनियमितता गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

    अख्तियारका अनुसार विद्यालय भवन निर्माणका क्रममा प्राविधिक मूल्यांकनभन्दा बढी रकम भुक्तानी लिई झुट्टा बिल–भर्पाई तयार गरी अनियमितता गरिएको पाइएको छ। यस क्रममा करिब ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिइएको आरोप छ।

    त्यस्तै, आर्थिक वर्ष २०७७/७८ देखि नै विद्यालयको नगद मौज्दातमा समेत अनियमितता भएको अनुसन्धानमा देखिएको छ। सो क्रममा १६ लाख ६० हजार १ सय १ रुपैयाँ बेरुजु देखिएको तथा १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ विद्यालयको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको अख्तियारको दाबी छ।

    अख्तियारले दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा हिनामिना रकम असुल उपर गर्न माग गरेको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा मंगलबार विशेष अदालतमा दायर गरिएको हो।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १५:५७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij