Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

नेकपाका यी नेताले पाए प्रदेशस्तर इञ्चार्ज र संयोजककाे जिम्मेवारी

नेकपाका यी नेताले पाए प्रदेशस्तर इञ्चार्ज र संयोजककाे जिम्मेवारी


  • 351
    Shares

    नेकपाका यी नेताले पाए प्रदेशस्तर इञ्चार्ज र संयोजककाे जिम्मेवारी

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्रको कार्यविभाजन टुंग्याउँदै प्रदेशस्तर इञ्चार्ज र संयोजकहरूको जिम्मेवारी ताेकेको छ ।

    सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । निर्णयानुसार कोशी प्रदेशको इञ्चार्जमा राजेन्द्र राई, मधेशमा महिन्द्र राय यादव, बागमतीमा डा. गङ्गालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा डा. भीम रावललाई जिम्मेवारी दिइएको छ। त्यसैगरी उपत्यका विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य र सम्पर्क इन्चार्जमा यशोदा सुवेदी तोकिएका छन् ।

    यसैगरी पार्टीले प्रदेश संयोजकहरू पनि तोकेको छ । कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेशमा राजु खड्का, बागमतीमा सजल सहयात्री, गण्डकीमा गायत्री गुरुङ, लुम्बिनीमा अब्दूल हुसेन खान, सुदूरपश्चिममा हरिराम चौधरी, उपत्यकामा विष्णु लामिछाने र सम्पर्क संयोजकमा तारानाथ दाहाललाई जिम्मेवारी दिइएको छ । भने कर्णाली प्रदेशको संयोजक भने सहमति हुन बाँकी रहेको स्रोतले जनाएको छ।

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - २१:५१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij