Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

जिल्ला अदालत मोरङले अझै भेटेन विचाराधीन ५० मुद्दाको मिसिल

जिल्ला अदालत मोरङले अझै भेटेन विचाराधीन ५० मुद्दाको मिसिल


  • 617
    Shares

    जिल्ला अदालत मोरङले अझै भेटेन विचाराधीन ५० मुद्दाको मिसिल

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत मोरङमा आगजनी गरिएका विचाराधीन मुद्दाको अधिकांश मिसिल संकलन भएको छ । तर ५० वटा मिसिल अझै भेटिएको छैन ।

    जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीको समयमा अदालतमा रहेका १ हजार ४१ वटा विचाराधीन मुद्दाको मिसिल जलेका थिया । तीमध्ये विभिन्न स्रोतको सहयोगमा ९ सय ९१ मिसिल संकलन भइसकेका छन् ।

    अदालतको आफ्नै अभिलेख जलेर नष्ट भएपछि कानुन व्यवसायी, सरकारी वकिलको कार्यालय र अन्य सरोकारवाला निकायहरूको सहयोगमा मिसिल संकलन गरेको हो । उनका अनुसार चालु अवस्थाका ५० वटा मुद्दाको मिसिल अझै प्राप्त भएको छैन ।

    भदौ २४ सम्म फैसला भइसकेको तर फैसला लेख्न बाँकी रहेका ७८ वटा मिसिलमध्ये ७५ वटा प्राप्त भएको छ । फैसला लेख्न बाँकी ३ वटा मिसिलको विवरण अझै प्राप्त भएको छैन ।

    न्यायाधीश भुषालका अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार थान मिसिलहरू जलेर नष्ट भएका थिए । तीमध्ये २ हजार ५ सय ४८ वटा मिसिल संकलन गरिएको छ ।

    अदालतको फैसला कार्यान्वयन गर्ने जिम्मा पाएको तहसिल शाखामा रहेका १ हजार ७ सय मिसिल जलेका थियो । तीमध्ये १ हजार ३ सय ५९  मिसिल संकलन भएको छ । ३ सय ४१ मिसिल संकलन हुन बाँकी छ ।

    आन्दोलनको क्रममा आगजनी हुँदा अदालतको जिन्सी किताब, लगत किताब लगायतका अभिलेख जलेर खरानी भएको थियो ।

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - १२:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij