Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु


  • 561
    Shares

    शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

    काठमाडौं । सप्तरीको बोदेबर्साईन नगरपालिका-५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ ।

    यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिएका छन् ।

    मृतक यादवमा उच्चरक्तचापको समस्या रहेको सशस्त्र प्रहरीले जनाएको छ । मृतक यादव बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - ११:००:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij