२०८३ बैशाख १३ गते आइतवार
काठमाडौं । अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तत्काल आवद्ध गर्न सरकारसँग माग गरेका छन । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको हो ।
आफूहरुको पेशागत निरन्तरता सुनिश्चित हुनेगरी सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारलाई दवाव दिनुपरेको महासंघका केन्द्रिय तदर्थं समितिका सदस्य शंकर जिसीले बताए । उनले उमेर पुगी र स्वेच्छिक अवकाशमा जाने चाहने अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई सम्मानजनक ढंगले गोल्डेन ह्याण्डसेक उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए।
महासंघले आफूहरुको माग सम्बोधन हुनेगरी शिक्षा सम्बन्धि ऐन तथा नियमावली संशोधन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij