Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने

भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने


  • 316
    Shares

    भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने

    काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।

    विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिने र प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय टुङ्गो लगाउने बताइएको छ । 

    उनले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग मन्त्रालयमा कुराकानी गर्दै छिट्टै नेपाल आउने योजना रहेको तर मिति भने अझै तय नभएको  उनले बताएका छन् । 

    यसअघि मोरिससमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस। जयशंकरबिच भेटवार्ता भएको थियो । 

    प्रधानमन्त्री बालेनले भारतको निमन्त्रणा स्वीकार गरिसकेका छन् भने उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् ।  

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १५:२९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij