Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

दुई हजार चार सय ९२ जना ट्राफिक कारबाहीमा

दुई हजार चार सय ९२ जना ट्राफिक कारबाहीमा


  • 267
    Shares

    दुई हजार चार सय ९२ जना ट्राफिक कारबाहीमा

    काठमाडौं । २४ घण्टामा दुई हजार चार सय ९२ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख चार हजार राजस्व दाखिला भएको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४१३ जनालाई कारबाही गरिएको हो ।

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - ११:११:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij