Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

साँखुमा प्रहरीको गोली लागेर एक जना घाइते

साँखुमा प्रहरीको गोली लागेर एक जना घाइते


  • 673
    Shares

    साँखुमा प्रहरीको गोली लागेर एक जना घाइते

    काठमाडौं । राजधानीको साँखुमा शुक्रबार प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा सो घटना भएको हो।

    ब्युरोका अनुसार लागुऔषध प्रयोगकर्ताले नै टोलीमाथि गोली चलाएपछि प्रहरीको जवाफी कारबाहीमा परी हेटौंडा घर भई हाल साँखु क्षेत्रमा बस्दै आएका ३५ वर्षीय जीवन जिम्मा घाइते भएका छन्।

    घाइते जिम्मालाई उपचारका लागि साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको छ।  उक्त घटना लागुऔषध नियन्त्रण ब्युरोको अपरेशनका क्रममा भएको ब्युरोकै एक अधिकारीले बताएका छन्। 

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १७:५७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij