२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राई काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा पुगेका छन् ।
सरकारले थापाथलीमा बसेका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको समयमा सांसद राई शुक्रबार सुकुमवासी बस्ती पुगेका हुन् ।
सरकारले बिना विकल्प आफूहरूलाई हटाउन खोजेको भन्दै सुकुमवासीहरूले प्रदर्शन गरिरहेको समयमा सांसद राई थापाथली पुगेका हुन् ।
‘सुकुमवासीको पक्षमा हामी हुनेछौं । हाम्रो पार्टी हुनेछ । अरू पार्टीको जिम्मा लिन सकिन्नँ । म सधैं सुकुमवासीको हकका लागि बोलिरहन्छु’ थापाथलीमा रहेका सुकुमवासी बस्तीको अवलोकन गर्न पुगेका सांसद राईले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij