Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

वीरगञ्जमा भारतीय इलेक्ट्रिक स्कुटर प्रयोगमा कडाई, एकै दिन २२ वटा जफत

वीरगञ्जमा भारतीय इलेक्ट्रिक स्कुटर प्रयोगमा कडाई, एकै दिन २२ वटा जफत


  • 337
    Shares

    वीरगञ्जमा भारतीय इलेक्ट्रिक स्कुटर प्रयोगमा कडाई, एकै दिन २२ वटा जफत

    काठमाडौं । भारतबाट खरिद गरी वीरगञ्जमा ल्याएर चलाउने गरिएका २२ थान इलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 

    सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा पाइने तथा सवारी चालक अनुमतिपत्र समेत आवश्यक नपर्ने भएपछि वीरगञ्ज र आसपासका स्थानीयले रक्सौलबाट इलेक्ट्रिक स्कुटर खरिद गरेर वीरगञ्जमा प्रयोग गर्दै आएका छन् ।

    तर त्यसरी खरिद गरी ल्याइएका इलेक्ट्रिक स्कुटरको भन्सार राजस्व नतिरिकन वीरगञ्जमा छ्याप्छ्याप्ती प्रयोगमा ल्याउन थालिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिने अभियान बिहीबारदेखि थालेको छ । 

    बिहीबार पहिलो दिनमै वीरगञ्जसहित जिल्लाका विभिन्न नाकाबाट त्यस्ता २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन् ।

    उनका अनुसार नियन्त्रणमा लिइएका ती २२ थान इलेक्ट्रिक स्कुटरको १७ लाख ३० हजार रुपैयाँ मूल्याङ्कन गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक निरौलाले जानकारी दिएका छन् ।  

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १४:०१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij