Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

रास्वपा कार्यालय घेराउ गर्न जाँदै सुकुम्वासी, सुरक्षा व्यवस्था कडा

रास्वपा कार्यालय घेराउ गर्न जाँदै सुकुम्वासी, सुरक्षा व्यवस्था कडा


  • 652
    Shares

    रास्वपा कार्यालय घेराउ गर्न जाँदै सुकुम्वासी, सुरक्षा व्यवस्था कडा

    काठमाडौं । सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि सुकुमबासी बस्तीमा बस्दै आएकाहरू सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा जान लागेका छन् । आफूहरूलाई नहटाउन दबाब दिनका लागी उनीहरू वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन् । 

    नदी किनारमा घर,टहरा बनाएर बस्नेहरू आउन लागेको सूचना पाएपछि रास्वपाको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालयमा बालाजुका डीएसपी यमलाल बञ्जाडेको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताएका छन् । 

    शुक्रबार बिहानैदेखि सरकारको निर्णयको विरोध गर्दै सुकुमबासीहरुले थापाथलीमा प्रदर्शन गरेका थिए । शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनहरा खोला क्षेत्रको नदी किनारको बस्ती खाली गर्ने गरी स्थानीय प्रशासनले तयारी गरेको छ ।   

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १३:३४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij