२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने भएका हुन् ।
राजदूत सर्जियोको नेपाल भ्रमणका सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा।सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका छन् । दुई जना बिचको भेटमा राजदूत सर्जियाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा गोरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटघाट गर्ने बताइएको छ । स्रोतका अनुसार सर्जियोले बालेनसँग जेठ १ गते भेट्ने कार्यतालिका छ ।
केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री एस।पावल कपुरले पनि प्रधानमन्त्री बालेनसँग भेट्ने सोच बनाएका थिए । तर प्रधानमन्त्री कार्यालयबाट नै समय उपलब्ध नगराएपछि भेट नभएको बताइएको छ ।
उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटघाट गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij