Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

बस्ती खाली गर्ने समय नजिकिँदै गर्दा थापाथलीमा सीसीटीभी जडान, सुरक्षा कडा

बस्ती खाली गर्ने समय नजिकिँदै गर्दा थापाथलीमा सीसीटीभी जडान, सुरक्षा कडा


  • 715
    Shares

    बस्ती खाली गर्ने समय नजिकिँदै गर्दा थापाथलीमा सीसीटीभी जडान, सुरक्षा कडा

    काठमाडौं । प्रहरीले थापाथलीको सुकुमवासी बस्ती क्षेत्रमा सीसीटीभी जडान कार्य थालेको छ । बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान कार्य थालिएको हो ।

    सुरक्षाका लागि सीसीटीभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको जानकारी दिएका छन् ।

    सुकुमवासी बस्ती हटाउन सरकारले डोजर प्रयोग गर्ने तयारी गरेको, त्यसविरुद्ध केही युवाहरु भेला भएर सरकारविरुद्ध प्रदर्शन गरेका बेला सीसीटीभी जडान गर्न लागेको देखेर कतिपयले चासो व्यक्त गरेका छन् ।

    तर प्रहरीले नियमित कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा सीसीटीभी जडान भइरहेको र सोही अनुसार आज थापाथलीमा पालो परेको जनाएको छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १२:२०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij