२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । प्रहरीका अनुसार, परिश्रमी आफैँ भने सुकुम्वासी नरहेको खुलेको छ ।
काठमाडौं महानगरपालिकाले यसअघि थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन खोज्दा परिश्रमीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका परिसरले जनाएको छ । त्यति बेला पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij