Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

१७ जना डाक्टरको दर्ता खारेज

१७ जना डाक्टरको दर्ता खारेज


  • 568
    Shares

    १७ जना डाक्टरको दर्ता खारेज

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ । नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो ।

    काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको छ ।

    दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत (ब्रिटिश), अमेरिका (अमेरिकी), अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ । नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा.रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा.मेरिना गुरुङ, डा.निरन्जन देव पाण्डे, डा.रोजन केसी, डा.ममता गुरुङ, डा.राजिब हमाल र डा.सलुजा सिंह थारू रहेका छन् ।

    त्यसैगरी डा.सुजना के.सी., डा.जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा.दिपेन ढकाल र डा.तुषार सरवजनाको पनि नाम दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ । 

    नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था छ ।

    673170674_1668841171123143_5334200903210801495_n_kZAARkzwtH.png

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - ११:३३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij