Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

थापाथलीका सुकुमबासीः कसको कुन ठाउँमा कति छ जग्गा ?

थापाथलीका सुकुमबासीः कसको कुन ठाउँमा कति छ जग्गा ?


  • 659
    Shares

    थापाथलीका सुकुमबासीः कसको कुन ठाउँमा कति छ जग्गा ?

    काठमाडौँ । प्राधिकरणले प्राप्त गरेको विवरण अनुसार थापाथलीका सुकुमबासीमध्ये सबैभन्दा धेरै जग्गा दिनेशमान श्रेष्ठसँग रहेको पाइएको छ । काभ्रेको पाँचखाल स्थायी ठेगाना रहेका उनीसँग झन्डै १३ हजार वर्गमिटर अर्थात् करिब २५ रोपनी जग्गा रहेको देखिएको छ । उनको कारोबारको विवरण हेर्दा उनी घरजग्गा कारोबारी हुनसक्ने देखिएको प्राधिकरणले जनाएको छ ।

    उनीसँग धनकुटाको हात्तीखर्कमा २३ रोपनी ३ आना, मकवानपुरको हाँडीखोलामा १ रोपनी १४ आना र मकवानपुरको भैंसेमा ८ आना जग्गा छ ।

    त्यस्तै, मकवानपुरको धियाल स्थायी ठेगाना भएका चन्द्र बहादुर योञ्जनसँग ११ हजार ९३६ वर्गमिटर अर्थात् झन्डै २३ रोपनी जग्गा रहेको देखिएको छ । उनीसँग सिन्धुलीको कपिलकोटमा ९ रोपनी ३ आना, सिन्धुलीकै महेन्द्र झयाडीमा ११ रोपनी ७ आना र काठमाडौँको इचंगुनारायणमा २ आना १२ पैसा जग्गा रहेको प्राधिकरणले जनाएको छ ।

    लमजुङको मध्य नेपाल नगरपालिकाका पदमराज खड्कासँग लमजुङको बांगेमा ७ कित्तामा झन्डै ११ हजार वर्गमिटर अर्थात् २१ रोपनी ११ आना जग्गा देखिएको छ ।

    त्यस्तै, खोटाङको मातिम–८ स्थायी घर भएका टेक बहादुर दर्जीसँग सोही स्थानमा ९ हजार ३५९ वर्गमिटर अर्थात् १८ रोपनी ६ आना जग्गा छ ।

    नुवाकोट बेलकोट–८ स्थायी घर भएका बुधे तामाङसँग सोही स्थानमा ७ हजार १७६ वर्गमिटर अर्थात् १४ रोपनी १ आना जग्गा रहेको पाइएको छ ।

    धादिङ महादेवस्थान स्थायी घर भएका समरसिं प्रजासँग सोही स्थानमा पाँच कित्तामा कुल १० रोपनी ११ आना जग्गा रहेको पाइएको छ । यो परिवारमा अंशबन्डापछि कायम भएको जग्गा हो ।

    दोलखाको माटी स्थायी घर भएकी दिलमाया खत्री केसीसँग सोही स्थानमा ३ हजार १५० वर्गमिटर अर्थात् ६ रोपनी ३ आना जग्गा रहेको पाइएको छ ।

    काठमाडौँ–११ नै स्थायी ठेगाना उल्लेख भएका रुपमुनी ढुङ्गानासँग १० हजार २१० वर्गमिटर अर्थात् २० रोपनीभन्दा धेरै जग्गा पाइएको छ । उनीसँग रामेछापको भलुवाजोरमा १८ रोपनी तथा ललितपुरको छम्पीमा १ रोपनी ९ आना जग्गा रहेको पाइएको हो । ललितपुरकै नल्लुमा रहेको उनको जग्गा भने बिक्री भइसकेको विवरणमा देखिएको छ ।

    सोलुखुम्बु स्थायी घर भएका कर्ण बहादुर राईसँग सोही जिल्लाको नेचावेतघारीमा १ हजार ९२० वर्गमिटर अर्थात् ३ रोपनी १२ आनाभन्दा बढी जग्गा रहेको पाइएको छ ।  

    रौतहटको चन्द्रनिगाहपुर–४ स्थायी घर भएका दिल ब। तामाङसँग सोही स्थानमा १ हजार ७८० वर्गमिटर अर्थात् ३ रोपनी ८ आना जग्गा रहेको पाइएको छ । रौतहटकै जुडबेलामा रहेको जग्गा भने यसअघि नै बिक्री गरेको देखिएको छ ।

    मकवानपुरको फाखेल–५ स्थायी घर भएका श्याम परियारसँग सोही जिल्लाको चितलाङमा १ हजार ७१८ वर्गमिटर अर्थात् ३ रोपनी ६ आना जग्गा रहेको पाइएको छ ।

    काभ्रेको बाडथली स्थायी घर भएका विष्णु उप्रेतीसँग सोही स्थानमा १ हजार ६८५ वर्गमिटर अर्थात् ३ रोपनी ५ आना जग्गा रहेको पाइएको छ । यो जग्गा उनीहरूका तीन जना दाजुभाइको नाममा संयुक्त रूपमा छ ।

    काठमाडौँ–११ स्थायी घर भएकी पवित्रा माया मगरनीसँग ९८३ वर्गमिटर अर्थात् करिब १ रोपनी १४ आना जग्गा छ । उनीसँग मकवानपुरको टिष्टुङमा १ रोपनी र चितलाङमा करिब १४ आना जग्गा रहेको पाइएको छ ।

    महोत्तरीको पर्सा देवाड–४ स्थायी घर भएका केदार महतो नुनियासँग सोही जिल्लाको सोनमामा ७९५ वर्गमिटर अर्थात् २ कट्ठा ७ धुर जग्गा पाइएको छ ।

    सप्तरीको विसहरिया–७ स्थायी घर भएका भागवत रामसँग सोही स्थानमा ६४६ वर्गमिटर अर्थात् १ कट्ठा १८ धुर जग्गा रहेको पाइएको छ ।

    ललितपुर उपमहानगरपालिका–३ स्थायी घर भएका सूर्यबहादुर सिलवालसँग सोही जिल्लाको लेलेमा ७९४।७६ वर्गमिटर अर्थात् १ रोपनी ८ आना जग्गा रहेको पाइएको छ । यो जग्गा सूर्यबहादुर सहित वंशलाल महर्जन र तेजनरसिंह प्रजापतिको संयुक्त नाममा रहेको पाइएको हो ।

    काठमाडौँको कपन–१ स्थायी घर भएकी सीता चालिसेसँग ३२८ वर्गमिटर अर्थात् १० आनाभन्दा बढी जग्गा छ । उनीसँग ललितपुरको टिकाथलीमा ६ आना र भक्तपुरको सिपाडोलमा ३ आनाभन्दा बढी जग्गा रहेको पाइएको छ ।

    मकवानपुरको धियाल–७ स्थायी घर भएका मिन राना मगरसँग काभ्रेको कुशादेवीमा २७० वर्गमिटर अर्थात् ८ आना २ पैसा जग्गा रहेको पाइएको छ ।

    चितवनको चैनपुर–४ स्थायी घर भएकी दुर्गा खड्कासँग मकवानपुरको ज्यामिरेमा २२२ वर्गमिटर अर्थात् ७ आना जग्गा रहेको पाइएको छ ।

    ललितपुर–१३ स्थायी घर भएकी कृष्ण प्यारी तण्डुकारसँग काठमाडौँको भिमढुंगामा १९८ वर्गमिटर अर्थात् ६ आना १ पैसा जग्गा रहेको पाइएको छ ।

    काठमाडौँ महानगरपालिका–११ स्थायी घर भएकी सीता पौडेल क्षेत्रीसँग ललितपुरको लामाटारमा १०७।३० वर्गमिटर अर्थात् ३ आना ५ पैसा जग्गा रहेको पाइएको छ ।

    काठमाडौँको चावहिल स्थायी ठेगाना भएका कैलाश खड्कासँग चितवनको रतनपुरमा १६९ वर्गमिटर अर्थात् ५ आना १ पैसा जग्गा रहेको पाइएको छ । उनले काठमाडौँमा रहेको जग्गा भने यसअघि नै विक्री गरिसकेको विवरणमा देखिन्छ ।

    स्थायी ठेगाना नखुलेका राज खुलालसँग मकवानपुरको पदमपोखरीमा १६९ वर्गमिटर अर्थात् ५ आना १ पैसा जग्गा रहेको पाइएको छ ।

    रामेछापको गागल–६ स्थायी घर भएकी ललिमाया श्रेष्ठसँग सोही स्थानमा १४५ वर्गमिटर अर्थात् ४ आना २ पैसा जग्गा रहेको पाइएको छ ।

    नुवाकोटको हल्देकालिका–४ स्थायी घर भएकी सुन्तली राईसँग सोही जिल्लाको भैरवीमा १४३ वर्गमिटर अर्थात् ४ आना २ पैसा जग्गा रहेको पाइएको छ ।

    सल्यानको धनवाङ–४ स्थायी घर भएका झगेन्द्र बहादुर बुढासँग भक्तपुरको दधिकोटमा १३९ वर्गमिटर अर्थात् ४ आना १ पैसा जग्गा रहेको पाइएको छ ।

    तनहुँको स्याम्वा–४ स्थायी घर भएकी हिरा थापासँग सोही जिल्लाको सजामा १३७ वर्गमिटर अर्थात् ४ आना १ पैसा जग्गा रहेको पाइएको छ ।

    रौतहटको धर्मपुर–६ स्थायी घर भएकी कैलाशवती देवीसँग सोही जिल्लाको चन्द्रनिगाहपुरमा १३५ वर्गमिटर अर्थात् ८ धुर जग्गा रहेको पाइएको छ ।

    रसुवाको डाडागाउँ–३ स्थायी घर भएकी कान्छी माया गुरुङसँग चितवनको पञ्चकन्यामा १३० वर्गमिटर अर्थात् ४ आना जग्गा रहेको पाइएको छ ।

    काठमाडौँको कलंकी स्थायी घर उल्लेख भएकी चेतमाया श्रेष्ठसँग चितवनको मंगलपुरमा ८४ वर्गमिटर अर्थात् २ आना २ पैसा जग्गा रहेको पाइएको छ ।

    लमजुङको टोडेनी स्थायी घर भएकी शकुन्तला भारतीसँग काठमाडौँको सौखेलमा ७९ वर्गमिटर अर्थात् २ आना २ पैसा जग्गा पाइएको छ ।

    सिन्धुलीको कमलामाई–२ स्थायी घर भएका डम्बर बहादुर रुम्जनसँग काठमाडौँको बज्रबाराहीमा ७४ वर्गमिटर अर्थात् २ आना १ पैसा जग्गा देखिएको छ ।

    सिन्धुपाल्चोकको धुस्कुन स्थायी घर भएकी सरस्वती बस्नेतसँग काठमाडौँको बुढानीलकण्ठमा करिब ३० वर्गमिटर अर्थात् ३ पैसा ३ दाम जग्गा पाइएको छ ।

    यीबाहेक काभ्रेको बुढाखानी घर भएका नारायण ब। मगर, धादिङको थाक्रे घर भएका माईला तामाङ र काभ्रेकै गणेशस्थान घर भएकी मीना कोइरालाको नाममा यसअघि जग्गा भए पनि विभिन्न समयमा बिक्री गरिसकेको विवरणमा देखिएको छ । मगरसँग काभ्रेको साँगामा ५ रोपनीभन्दा बढी र बुढाखानीमा २ रोपनीभन्दा धेरै जग्गा थियो ।

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - ०८:४८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij