Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

सिक्री लुटपाट गर्ने व्यक्ति स्कुटरसहित पक्राउ

सिक्री लुटपाट गर्ने व्यक्ति स्कुटरसहित पक्राउ


  • 708
    Shares

    सिक्री लुटपाट गर्ने व्यक्ति स्कुटरसहित पक्राउ

    काठमाडौं । ललितपुरमा सुनको सिक्री लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२० कुहेनी बस्ने वर्ष ३२ को रिक्की डंगोल रहेका छन्।

    ललितपुर महानगरपालिका-११ स्थित चिल्ड्रेनपार्क शंखमुल सडक खण्डमा स्कुटरमा सवार व्यक्तिले पैदल यात्रा गरिरहेकी महिलाको घाँटीमा लगाएको लकेट सहितको सुनको सिक्री लुटी फरार भएको प्रहरीले जनाएको छ।

    उक्त घटना अनुसन्धानका क्रममा लुटपाटमा संलग्न व्यक्ति, लुटी लगेको लकेट सहितको सुनको सिक्री र लुटपाटमा प्रयोग भएको स्कुटर सहित पक्राउ परेका छन्।

    उनको साथबाट लुटपाटमा प्रयोग भएको बा ९० प ६२७८ नं. को एभिएटर स्कुटर र लकेट सहितको २.७ तोलाको लुटपाट भएको सुनको सिक्रीसमेत बरामद भएको छ।

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १७:२१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij