Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

संसद् अधिवेशन रोक्न सरकारले पठायो राष्ट्रपति कार्यालयलाई पत्र

संसद् अधिवेशन रोक्न सरकारले पठायो राष्ट्रपति कार्यालयलाई पत्र


  • 715
    Shares

    संसद् अधिवेशन रोक्न सरकारले पठायो राष्ट्रपति कार्यालयलाई पत्र

    काठमाडौं । सरकारले यही वैशाख १७ गतेका निम्ति आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको छ ।

    सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । 

    अधिवेशन रोकेर कहिले आह्वान गर्ने भन्ने मिति पनि पत्रमा उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

    राष्ट्रपतिको कार्यालयले वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा भन्दै यसअघि अधिवेशन आह्वानको सूचना जारी गरेको थियो ।

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १७:०९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij