Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

विपद् व्यवस्थापन प्राधिकरणले भन्योः विपद् व्यवस्थापनमा स्रोत, साधन छैन

विपद् व्यवस्थापन प्राधिकरणले भन्योः विपद् व्यवस्थापनमा स्रोत, साधन छैन


  • 246
    Shares

    विपद् व्यवस्थापन प्राधिकरणले भन्योः विपद् व्यवस्थापनमा स्रोत, साधन छैन

    काठमाडौं । सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सो कुराको जानकारी गराएको हो । 

    प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले त्यस्ता खालको अभाव हुन नदिनका लागि आफूहरुले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको समेत स्पष्ट पारेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकप्टर, डुंगा, ड्रोन लगायतका व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु परेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका कार्यकारी प्रमुख भट्टले गत वर्षमा जस्तै यस वर्ष पनि विपद व्यवस्थापनका लागि अभाव भएका स्रोत र साधनको थप व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको बताएका छन्। 

    प्राधिकरणले विपद व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सफाईको काम गर्न पनि पत्रचार गरिएको जनाएको छ । विपद व्यवस्थापनको काम स्थानीय सरकारले प्रभावकारी ढंगले सम्पन्न गर्न सक्ने भएकाले सोही अनुसारको तयारी भईरहेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बताएका छन् ।   

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १३:५०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij