Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित


  • 498
    Shares

    रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोप पत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइ स्थगित भएको छ । रिट निवेदनको सुनुवाइका लागि आज पेसी तोकिएकोमा सरकारी वकिलले स्थगित गराएका हुन् ।

    सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

    संयुक्त इजलासले ‘थप प्रमाण’को गलत व्याख्याको आशङ्का गर्दै यो विवादलाई पूर्ण इजलासबाट सुनुवाइ गर्नुपर्ने औँल्याएको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार थप प्रमाण फेला परेमा मात्र अभियोग संशोधन गर्न सकिन्छ । तर, यो मुद्दामा प्रतिवादी (लामिछाने) आफैँले दिएको निवेदन वा कुनै स्वघोषणालाई मात्र ‘थप प्रमाण’ मान्न मिल्छ कि मिल्दैन भनी प्रश्न उठाएको छ।

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १३:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij