Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

तराईमा 'लू' को कहर: बढ्दो गर्मीसँगै जनजीवन प्रभावित, सतर्क रहन विभागको आग्रह

तराईमा 'लू' को कहर: बढ्दो गर्मीसँगै जनजीवन प्रभावित, सतर्क रहन विभागको आग्रह


  • 267
    Shares

    तराईमा 'लू' को कहर: बढ्दो गर्मीसँगै जनजीवन प्रभावित, सतर्क रहन विभागको आग्रह

    काठमाडौं । बिहीबार सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लाहरूमा तातो लहर वा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

    हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा देशभर गर्मी बढ्ने देखिन्छ।

    आज दिपायल, धनगढी, नेपालगन्ज, घोराही, भैरहवा, जनकपुर लगायत क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना रहेको छ । यी जिल्लाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागले तातो लहरले स्वास्थ्यमा असर पर्ने भएकाले घामबाट जोगिन र अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएको छ ।  

    679110005_1968684997373909_2529463860910424395_n_yBQM6SlyFb.jpg

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १२:५३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij