Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

स्वास्थ्य बीमा बोर्डको चेतावनी: २४ घण्टाभित्र अनाधिकृत सामाजिक सञ्जालका पेज हटाउनू

स्वास्थ्य बीमा बोर्डको चेतावनी: २४ घण्टाभित्र अनाधिकृत सामाजिक सञ्जालका पेज हटाउनू


  • 708
    Shares

    स्वास्थ्य बीमा बोर्डको चेतावनी: २४ घण्टाभित्र अनाधिकृत सामाजिक सञ्जालका पेज हटाउनू

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सञ्चालन भइरहेका अनाधिकृत सामाजिक सञ्जालका पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ । 

    बोर्डले बुधबार एक सूचना जारी गर्दै फेसबुक, टिकटक र युट्युब लगायतका माध्यममा बोर्डको नाममा सञ्चालित अनधिकृत पेजहरूबाट भ्रामक र तथ्यहिन सूचना सम्प्रेषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    बोर्डका अनुसार ‘नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा बोर्ड’, ‘स्वास्थ्य बीमा कार्यक्रम’ जस्ता नाम र लोगो प्रयोग गरेर खोलिएका पेजहरूले आम नागरिकमा भ्रम सिर्जना गरिरहेका छन् ।

    यस प्रकारका पेज तथा ग्रुपहरू सञ्चालन गर्ने व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र त्यस्ता सामग्री हटाउन बोर्डले सूचित गरेको छ ।

    health-insurance-board_1UObt7vlJF.jpg

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - ११:१०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij