Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै


  • 540
    Shares

    रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पु¥याइएको छ । स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर मंगलबजार पु¥याइएको हो । 

    आज बिहीवार मंगलबजारबाट पाटनको सुन्धारामा रथ लगिने कार्यक्रम रहेको छ । जात्रा तालिका अनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्ने भएको छ । मंगलवारबाट विधिवत रुपमा शुरु भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा मंगलवार पुल्चोकबाट तानेर गाबहाल लगिएको थियो । 

    आज बिहानैबाट मंगलबजारमा पूजाआजा गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ । स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् । जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि मजबुत पारिएको छ ।   

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १०:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij