Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री बालेनको निर्देशन

थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री बालेनको निर्देशन


  • 351
    Shares

    थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री बालेनको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । 

    बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन्।

    आउँदो शनिबार र आइतबार सम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले बताए । ती अधिकृतले भने, ‘त्यसबारे छलफल भएको छ, काठमाडाैँका प्रमुख जिल्ला अधिकारीसँग यसबारे थप छलफल हुन्छ।’

    बालेन काठमाडौँ महानगरको मेयर हुँदा पनि काठमाडौँको सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमबासीहरुले गरेको प्रतिवादका कारण महानगरको प्रयास बिफल भएको थियो।

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - २२:०८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij