२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । बलात्कारको आरोपमा नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ललाई जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
मल्लविरुद्ध एक महिलाको जाहेरीकझ आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो । मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । ती महिलाका अनुसार उनी गीत गाउने काम गर्दै आएकी थिइन् । गित गाउने क्रमका सिलसिलामा चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको ति महिलाको भनाई थियो ।
।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij