Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

महिना नपुग्दै ढल्यो दुई मन्त्रीको कुर्सी: सुधनको राजीनामा, दीपकको बर्खास्ती

महिना नपुग्दै ढल्यो दुई मन्त्रीको कुर्सी: सुधनको राजीनामा, दीपकको बर्खास्ती


  • 750
    Shares

    महिना नपुग्दै ढल्यो दुई मन्त्रीको कुर्सी: सुधनको राजीनामा, दीपकको बर्खास्ती

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन भएको एक महिना पनि नपुग्दै दुईजना मन्त्रीहरूले पद गुमाएका छन्। नैतिकता र सुशासनको प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले आज राजीनामा दिएका छन् भने यसअघि श्रम मन्त्री दीपक कुमार साह बर्खास्तमा परिसकेका छन्।

    आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रुपमा सहभागी गराउने भूमिका खलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए । उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा साहलाई हटाइएको थियो ।

    गृहमन्त्री सुधन गुरुङले केही दिनअघि सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा गरेको अर्को लगानीको विवरण पनि बाहिर आयो ।

    उनले सञ्चालन गरेको सामाजिक संस्था  हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबमा बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् । 

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १६:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij