Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

सीमा क्षेत्रमा कडाइ गरेर जनतालाई दुःख नदिन संसदीय समितिको निर्देशन

सीमा क्षेत्रमा कडाइ गरेर जनतालाई दुःख नदिन संसदीय समितिको निर्देशन


  • 666
    Shares

    सीमा क्षेत्रमा कडाइ गरेर जनतालाई दुःख नदिन संसदीय समितिको निर्देशन

    काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा सर्वसाधारणलाई दिइएको दुःख तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ।

    भारतबाट ल्याइने एक सय रुपैयाँ भन्दा बढी मूल्यका घरायसी सामानमा पनि भन्सार नियम लगाएर जनतालाई सास्ती दिइएको भन्दै समितिले बुधबार यस्तो कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिएको हो।

    समितिका सभापति कृष्णप्रसाद पौडेलले सीमा क्षेत्रका नागरिकको दैनिक जीवनयापन र आधारभूत आवश्यकतालाई बेवास्ता गर्दै सरकारले भन्सारमा कडाइ गरेको बताएका छन्। 

    समितिको बैठकमा समिति सदस्यहरूले सीमा क्षेत्रमा भइरहेको यो समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका थिए। 

    सांसदहरूको सुझाव र रायका आधारमा समितिले सरकारलाई यस्तो अव्यवहारिक कार्य फिर्ता लिन र सीमा क्षेत्रका जनतालाई भन्सारको नाममा दिइने दुःख तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको सभापति पौडेलले जानकारी दिएका छन्।  

     

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १५:३३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij