Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

दमक वडा कार्यालयमा तोडफोड र आगजनी प्रयास, महत्वपूर्ण कागजातमा क्षति

दमक वडा कार्यालयमा तोडफोड र आगजनी प्रयास, महत्वपूर्ण कागजातमा क्षति


  • 554
    Shares

    दमक वडा कार्यालयमा तोडफोड र आगजनी प्रयास, महत्वपूर्ण कागजातमा क्षति

    काठमाडौं । झापाको दमक नगरपालिका-३ को वडा कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएको छ। गएराति वडा कार्यालयको राजस्व शाखामा तोडफोडपछि आगजनी प्रयास भएको प्रहरीले जनाएको छ। 

    इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले राजश्व शाखामा रकम फेला पार्ने लोभमा तोडफोड भएको बताएका छन्। 

    कार्यालयमा पैसा नभेटिएपछि आक्रोशित समूहले दराजको छेउमा रहेका केही महत्त्वपूर्ण कागजपत्रमा लाइटर प्रयोग गरी आगो लगाउने प्रयास गरेको फेला परेको छ। आगो लगाउने क्रममा केही कागजात जले पनि ठूलो क्षति नभएको डीएसपी लम्सालले बताएका छन्। 

    त्यही समयमा दमकको मुख्य चोकमा रहेको एउटा सुन पसलमा पनि चोरी भएको छ। वडा कार्यालयको नजिकै रहेको सुन पसलको सटरको ताला फुटाएर भित्र पसेका चोरहरूले त्यहाँबाट करिब चार आना सुन चोरी गरेको जानकारी आएको प्रहरीले जनाएको छ। 

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १३:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij