Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

रातो मत्स्येन्द्रनाथको पूजा गर्नेहरुको भीड

रातो मत्स्येन्द्रनाथको पूजा गर्नेहरुको भीड


  • 253
    Shares

    रातो मत्स्येन्द्रनाथको पूजा गर्नेहरुको भीड

    काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत आज गाबहालबाट मंगलबजारसम्म रथ तानिँदैछ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन भक्तजनहरुको निकै ठूलो भीड लागेको छ । 

    मंगलवार पुल्चोकबाट रथ तानेर गाबहाल पु¥याइएको थियो । रथयात्राका क्रममा पुल्चोकबाट गाबहालसम्मको यात्रा भव्य र उत्साहजनक रहेको स्थानीय बताउँछन् । मंगलवार साँझ रथ गाबहाल पुगेपछि त्यहाँका बासिन्दाहरुमा छुट्टै रौनकता छाएको छ । आज गाबहालमा स्थानीय बासिन्दाहरुको पर्व अर्थात ‘जात्रा’ रहेको छ । 

    जात्राका अवसरमा गाबहाल क्षेत्रमा बिहानैदेखि पूजा आराधना गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । परम्पराअनुसार आज दिनभरि गाबहालमा जात्रा मनाइने र पूजा हुने गर्दछ । स्थानीयहरुको जात्रा सम्पन्न भएपछि अपरान्ह रथलाई मंगलबजारका लागि तानिने कार्यक्रम रहेको छ । 

    पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रा मध्ये एक हो । उपत्यकामा वर्षा गराउनको लागि मत्स्येन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ । आज मंगलबजार पु¥याइएपछि रथलाई केही दिन त्यहाँ राखिने र त्यसपछि अन्य गन्तव्यहरुमा लगिने परम्परा छ ।

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - ११:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij