Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

कपुरको नेपाल भ्रमण सम्पन्न, आज अमेरिका फर्किँदै

कपुरको नेपाल भ्रमण सम्पन्न, आज अमेरिका फर्किँदै


  • 267
    Shares

    कपुरको नेपाल भ्रमण सम्पन्न, आज अमेरिका फर्किँदै

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने एस। पावल कपुरको नेपाल भ्रमण सम्पन्न भएको छ । आज उनी अमेरिका फर्किन लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । उनले आज आफ्नो औपचारिक भ्रमण टुङ्ग्याउँदै स्वदेश फर्किन लागेका हुन् । 

    भ्रमणको क्रममा कपुरले नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्र मन्त्री शिशिर खनाल तथा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए ।

    भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ बलियो बनाउने र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ । कपुरले आगामी अमेरिकाको लगानी सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका सम्भावनाबारे पनि छलफल गरेका थिए । साथै, उनले अमेरिकी तथा नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरी नेपालमा बढ्दो र गतिशील प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाहरूको बारेमा पनि कुराकानी गरेको दूतावासले जनाएको छ ।

    भ्रमणका क्रममा उनले नेपालको बौद्धनाथ स्तूप र पाटन दरबार स्क्वायरको अवलोकन गरे । यी सम्पदाहरूको संरक्षणमा अमेरिकाले एम्बेस्डर फण्डमार्फत सहयोग गर्दै आएको छ । 

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - १०:१५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij