२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । नेपाल सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य नियुक्ति गर्ने निर्णय गरेको छ । सदस्यमा नवराज सिम्खडा र रोशन शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ । त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति पनि दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij