Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

गृहमन्त्री गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग

गृहमन्त्री गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग


  • 218
    Shares

    गृहमन्त्री गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न एमालेको माग

    काठमाडौं । नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबिचको कनेक्सन लगायतका सवालमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न माग गरेको छ । मंगलबार एमाले प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् । 

    एमालेले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएका कतिपय सवालमा आशंका मात्र उत्पन्न नगरी विगतमा भएका सम्भावित अनियमितता र विसङ्गतिका रहस्यहरू समेत क्रमशः उजागर हुन सक्ने सङ्केत गरेको जनाएको छ । 

    गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्नुपर्ने पनि एमालेको माग छ । ‘साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्गप्रशस्त गर्न हामी माग गर्दछौँ’, एमालेको भनाइ छ ।   

    669625080_940872458818517_2769074334971747168_n_0PAcyxLX61.png

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १६:५७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij