२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । काठमाडौंको कपन (मुस्कानचोक) क्षेत्रबाट एक बालक बेपत्ता भएका छन् । उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ ।
युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन् ।
उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको खोजतलासका लागि निवेदन पनि दिएका छन् । मातहतका प्रहरी कार्यालयहरूमा खोजी गर्नका लागि सर्कुलर पनि गरिएको कपन प्रहरी प्रभागले जनाएको छ ।
उनलाई अन्तिम समयमा महांकाल ओरालोमा देखिएको प्रहरीले जनाएको छ । उक्त बालकलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी वा ९८४९११५५२२\९८५१२४५५२२\९८४९०६९५५५मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij